Letest Financial News
वाणिज्य बैंकको ४१ अर्ब २४ करोड नाफा, सबैभन्दा कमजाेर बैंकमा एनआइसी एशिया, जानौं कुन बैंकको कति?
मिती २०८२ /०२ /०९
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्तसम्म) सम्म वाणिज्य बैंकहरूले जम्मा ४१ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको हो। यस अवधिमा ११ वटा बैंकले आफ्नो नाफा बढाएका छन् भने ९ वटा बैंकहरूले नाफामा गिरावट देखाएका छन्।
नाफामा गिरावट आएको अन्य बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक, स्टान्डर्ड चार्टेड, हिमालयन बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक र प्राइम बैंक रहेका छन्।
नबिल बैंकले ५ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ, जबकि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ५४ करोड र ग्लोबल आइएमई बैंकले ४ अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएका छन्। यी तीन बैंकहरू नाफामा अग्रणी रहेका छन्।
