कालिकोट–सानिमा बैक मान्म शाखाद्धारा मान्म कालिकोटमा बित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। होटल चन्द्र सुर्य मा आयोतित सो कार्यक्रमा उद्योग बाणिज्य संघ कालिकोटका पदाधिकारी, मान्म स्थित सम्पुर्ण उद्योगी ब्यावसायी, तथा बिभिन्न कार्यालयमा कार्यरत कर्मचारी एवं यस क्षेत्रमा रहेका बिभिन्न संघ संस्थाहरुका पतिनिधिहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा उल्लेखनिय सहभागीता रहेको थियो ।
उद्योगी,ब्यवसायीहरु लाई लक्षीत सो कार्यक्रममा, बैकको तर्फबाट अत्याधुनिक बैंकीङ्ग अन्र्तगत डिजिटल बैकिङ्ग र यसको आवश्यकता साथै वित्तीय अपराध का साथै यसबाट बच्न सक्ने उपायहरुको सन्धर्भमा जानकारी गराईएको थियो ।
आजको युगमा डिजिटल बैंकीङ्ग सेवाको अपरिहार्यताको सन्दर्भमा प्रकाश पार्दै डिजिटल बैकिङ्ग आधुनिक बैंकीङ्ग को मेरुदण्डको रुपमा रहेको कुरा शाखाका प्रबन्धक मछिन्द्र कुमार भण्डारीले बताउनु भयो। सोहि कार्यक्रमलाई सम्बोधन गर्दै, उद्योग बाणिज्य संघ कालिकोटका अध्यक्ष श्री रतन बहादुर शाहीले, यस किसीमको बित्तीय साक्षरता कार्यक्रमले हामी सबैलाई बित्तीय जनचेतना जगाउनुका साथै,बित्तीय जाखिमबाट बच्ने उयायहरुको सन्दर्भमा यस्ता कार्यक्रमहरु अत्यन्तै लाभदायी हुने बताउदै आगामी दिनहरुमा पनि यस किसीमका कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने कुरा बताउनु भयो ।
