काठमाडौं– ज्योति विकास बैंकले बैंकको मोबाइल बैंकिङ एप ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा ग्राहकहरुले ५ सय क्यासब्याक प्राप्त गर्ने योजना सार्वजनिक गरेको छ।
यो क्यासब्याक योजना मार्फत बैंकका ग्राहकहरुले ज्योति स्मार्ट एप बाट सस्तो मूल्यमा हवाई टिकट खरिद गर्न पाउनेछन्। देशभरका जुनसुकै एयरलाइन्सको हवाई टिकट खरिदमा ५ सयको सर्वाधिक क्यासब्याक प्राप्त हुनेछ। ग्राहकले ज्योति स्मार्ट एपबाट हवाई टिकट खरिद गर्दा प्रोमो कोड “Jyoti500” प्रयोग गरी उक्त क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
यो अभियान यही जेठ ९ गतेदेखि सीमित अवधिका लागि लागू हुनेछ। अभियान अवधिभर, ग्राहकहरूले ज्योति स्मार्ट एप प्रयोग गरी पहिलो हवाई टिकट खरिद गरेमा क्यासब्याकको सुविधा प्राप्त गर्नेछन्। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालन गर्दै आएको छ ।

for learning purpose