सानीमा बैंक सान्नी त्रिवेणी शाखाको वित्तिय साक्षरता कार्यक्रम ।।

कालिकोट
सानिमा बैंक सान्नी त्रिवेणी शाखाले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ६ मा रहेको श्री पंचदेवल माध्यामिक विद्यालयमा शुक्रवार वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

वित्तिय साक्षरता कार्यक्रममा बैंकको महत्व, बैंकिङ्ग सेवाहरु, डिजिटल बैंकिङ्ग सेवा र यसको महत्व, क्यूआर कोड र डिजिटल बैंकिङ्ग सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु लगायतका विषयमा शिक्षक र  विद्यार्थिहरुलाई जानकारी गराइएको होे ।

सानिमा बैंकले प्रतेक वर्ष विभिन्न विद्यालयमा गएर सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रमहरु आयोजन गर्दै आइरहेको शाखा प्रवन्धक राजु केशीले बताउनु भयाे । त्यसै अन्तर्गत पंचदेवल माध्यामिक विद्यालयका विद्यार्थिहरुलाई वित्तिय साक्षरता सम्वन्धि जानकारी गराइएको  केशीले बताउनु भयो ।

बैंकले के कस्ता सेवाहरु दिन्छ, खाता खोल्न चाहिने आवश्यक कागजात, बचत खाता, मुद्धती खाताको महत्व के हो ? बचत कसरी गर्ने ? किन गर्ने ? लगायतका विषयमा जानकारी गराइएको छ । साथै पछिल्लो समय विभिन्न प्रलोभन तथा झुटो अफवाह फैलाएर ओटीपी माग्ने र पैशा चोरी गर्ने जस्ता कार्यहरु भईरहेको प्रति यस्ता कार्यहरुवाट सुरक्षित रहनु पर्ने  शाखाका ग्राहक सेवा विभागका कर्मचारी कर्ण बहादुर रोकायाले बताउनु भयाे । कोहि कसैलाई पनि आफ्नो ओटीपी दिन नहुने र बैंकले पनि आटोपी नमाग्ने   राेकायाले बताउनु भयो ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *