सानिमा बैंक मान्म शाखाद्वारा पञ्चदेवल मा वि मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
सानिमा बैंक लिमिटेडको मान्म शाखाले कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–१ स्थित पञ्चदेवल माध्यमिक विद्यालयमा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। विश्वव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी विक २०२६’ को अवसर पारेर आयोजना गरिएको यस कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत करिब ६० जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। “Smart Money Talks” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको…
