Breaking News

नेपाल एसबिआई बैंक लुट प्रकरण: मुख्य योजनाकार घरभेटी, सहयोगी उनका साला, सालाले खोजेका थिए अरु लुटेरा !

काठमाडौँ । नेपाल एसबिआई बैंक लुट प्रकरणमा पक्राउ परेका लुटेराहरुले ‘घरभेटीकै योजनामा बैंक लुटेको’ बयान दिएपछि बैंक बसेको घरका घरभेटी छविलाल स्याङतान पक्राउ परेका छन् । उनलाई प्रहरीले महोत्तरीबाट पक्राउ गरेको हो ।

“लुटेराहरुले बैंक लुट्ने मुख्य योजना घरभेटीको भएको, र आफुलाई घरभेटीका सालाले प्रयोग गरेको प्रारम्भिक बयान दिएका छन् ।”

बैंक लुटिएकै दिन विहान उनी गाडीको ड्राइभिङ लाइसेन्स बनाउने भन्दै महोत्तरी हिँडेका थिए । तर, प्रारम्भिक बयानका क्रममा लुटेराहरुले घरभेटीकै योजनामा बैंक लुटेको र पैसा भाग लगाउने काम तराईतिर गर्ने योजना अनुसार उनी तराई आएको आशय व्यक्त गरेपछि प्रहरीले थप अनुसन्धानका लागि उनलाई पक्राउ गरेको हो ।

लुटेराहरुले बैंक लुट्ने मुख्य योजना घरभेटीको भएको, र आफुलाई घरभेटीका सालाले प्रयोग गरेको प्रारम्भिक बयान दिएका छन् । उनीहरुलाई खोज्ने काम पनि घरभेटीका साला चतुरमानले नगरेको बयान लुटेराहरुले दिएका छन् ।

गत पुष २९ गते राती सिन्धुलीस्थित घ्याङलेख गाउँपालिका २ हायुटारमा रहेको नेपाल एसबिआई बैंक लुटिएको थियो । सो लुटका क्रममा ३ करोड ११ लाख रुपैयाँ लुटेराहरुले लुटेका थिए । सो मध्ये २ करोड ६८ लाख हाराहारी रकम प्रहरीले बरामद गरिसकेको छ भने बाँकी रकमको खोजी कार्य जारी छ ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *