राष्ट्र बैंकका डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर, कुन विभाग कसलाई ?

नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरहरूको जिम्मेवारी पुनःबाँडफाँट गरिएको छ।

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले डेपुटी गभर्नर डा. निलम ढुंगाना र बमबहादुर मिश्रबीच कार्य विभाजन गरेका छन्। यसअघि गभर्नर महाप्रसाद अधिकारीको कार्यकालमा डा. निलम ढुंगानाले पाएका जिम्मेवारीहरू बमबहादुर मिश्रको जिम्मेवारीमा थिए भने नवनियुक्त गभर्नर पौडेलले ती जिम्मेवारीहरू पुनः ढुंगानालाई सुम्पिएका छन्।

यसअघि नेपाली कांग्रेसको तर्फबाट गभर्नर पदका लागि उम्मेदवारी दिएका भट्टलाई असहज गरेको चर्चा हुँदा, नवनियुक्त गभर्नर पौडेलले अहिले डेपुटी गभर्नर डा. निलम ढुंगानालाई फकाउने प्रयासमा केन्द्रित भएको देखिएको छ।

ढुंगानाले पाएका विभागहरूमा बैंक तथा वित्तीय संस्था नियमन विभाग, गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभाग, लघुवित्त सुपरिवेक्षण विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, सूचना प्रविधि विभाग र प्रदेश कार्यालयहरू समावेश छन्।

त्यसैगरी, बमबहादुर मिश्रलाई बैंक सुपरिवेक्षण विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, मौद्रिक व्यवस्थापन विभाग, भुक्तानी प्रणाली विभाग, बैंकिङ विभाग, मानव संसाधन व्यवस्थापन विभाग र वित्त व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ। गभर्नरको कार्यालय भने प्रत्यक्ष रूपमा गभर्नरकै नेतृत्वमा सञ्चालन हुने व्यवस्था गरिएको छ।

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि डा. निलम ढुंगाना कायम मुकायम गभर्नर बनेका थिए र सबै विभागको जिम्मेवारी बमबहादुर मिश्रलाई दिइएको थियो। नयाँ गभर्नर विश्वनाथ पौडेलको नियुक्ति भएसँगै डा. निलम ढुंगाना डेपुटी गभर्नरमा फर्किएका छन् र त्यसैअनुसार जिम्मेवारी बाँडफाँट गरिएको हो।

Similar Posts

  • Breaking News

    नेपाल एसबिआई बैंक लुट प्रकरण: मुख्य योजनाकार घरभेटी, सहयोगी उनका साला, सालाले खोजेका थिए अरु लुटेरा ! काठमाडौँ । नेपाल एसबिआई बैंक लुट प्रकरणमा पक्राउ परेका लुटेराहरुले ‘घरभेटीकै योजनामा बैंक लुटेको’ बयान दिएपछि बैंक बसेको घरका घरभेटी छविलाल स्याङतान पक्राउ परेका छन् । उनलाई प्रहरीले महोत्तरीबाट पक्राउ गरेको हो । “लुटेराहरुले बैंक लुट्ने मुख्य योजना…

  • What Is a Bank Statement and Why You Should Care?

    A bank statement is a detailed record from your bank that summarizes all the activity in your account over a specific period. Why is your bank statement important? Track your spending: See exactly where your money is going. Spot errors or fraud: Catch any unauthorized transactions early. Check fees & interest: Make sure charges are…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

One Comment